मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता

रसुवा बाढीः

मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता

rasuwa badhi 1

काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ।

भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ।

चार दिनसम्म मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ। यो संख्या अझै बढ्ने अनुमान छ। हालसम्म सबैभन्दा धेरै चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ।

यस्तै रसुवामा १३, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, नवलपरासी पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७ र तनहुँमा ३१ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ।

यस्तै हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये १ सय ५१ जना जलविद्युत सुरुङभित्रबाट गरिएका हुन्।

प्राधिकरणकाअनुसार १ सय २९ जना विदेशी जनागरिकको उद्धार गरिएको छ।

यस्तै २ हजार ४ सय २६ जना बेपत्ता रहेका छन्। जसमध्ये जलविद्युत सुरुङभित्र मात्र ९ सय ३३ जना हराइरहेका छन्। ५ सय १७ जना विदेशी नागरिक बेपत्ता छन्।

यसैगरी नेपाल प्रहरी २७ जना, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३ जना बेपत्ता छन्। भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी बेपत्ता छन्।

बेपत्ता हुनेहरूमा रसुवाका ५ सय २६, नुवाकोटका १ सय १५, मकवानपुरका ६५, विदेश बस्ने नेपाल घुम्न आएका नेपाली नागरिक १ सय २७ जना रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ