बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो

रसुवा बाढीः

बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो

सहसचिव नेतृत्वको बेग्लै टोली खटाइयो

rasuwa-badhi123

रसुवा बाढीको चार दिनपछि इपिसेन्टर मानिने टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति देखिएको छ । शनिबार हेलिकप्टरबाट राहतका सामानस्वरुप चाउचाउ झारेर सरकारले उपस्थिति जनाएको हो ।

गृह मन्त्रालयस्रोतका अनुसार रसुवाको भयावह स्थितलाई सामान्यीकरण गर्न सहसचिव नेतृत्वको बेग्लै टोली खटाइएको नेपाल प्रेसले जनाएको छ । मन्त्रालयका सहसचिव बासुदेव घिमिरे त्यहाँ खटिएका र उनले मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय र विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने जनाइएको छ ।

बुधबारको बाढीले अत्यधिक क्षति भएका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतिलगायतका स्थानमा उद्घार नपुगेको गुनासोपछि मन्त्रालयले सहसचिव नेतृत्वको टोली खटाएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ