बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन

बाढी

बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन

छेकम्पारमा पहिरो

sar-khola-1788154871

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारस्थित चौरीखर्क पारि जंगलमा पहिरो खस्दा स्यार खोला आज बिहान केहीबेर थुनिएको छ।

स्यार खोला बूढीगण्डकीको सहायक खोला हो।

स्थानीय होटल सञ्चालक पासाङ लामाका अनुसार पहिरो खस्दा करिब आधा घन्टा स्यार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ।

‘चौरीखर्कदेखि पारिपट्टी जंगलमा ठूलो पहिरो खसेको हो। हिजोअस्तीदेखि नै पहिरो खसेकोमा आज पहिरो बढ्यो,’ उनले सेतोपाटीसँग भने, ‘आधा घन्टाजति स्यार खोलामा पानी थुनिएको थियो। पानी कम बगेको थियो, अहिले पहिलेजस्तै पानी बग्न थालेको छ। तर स-साना पहिरो खसिरहेको छ। तल्लो क्षेत्रमा रहेकाहरू सतर्क रहनु राम्रो हुन्छ।’

चुमनुब्री गाउँपालिका ७ का अध्यक्ष टसी दोर्जे लामाका अनुसार पहिरो ठूलो गए पनि यसले थप बाढी ल्याउने जोखिम कम छ।

‘पहिरो ठूलो गएको छ तर स्यार खोलाको बगर फराकिलो छ, अहिले कुनै जोखिम छैन,’ उनले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds