कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून

विपद्

कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून

आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी

krishnabhir

त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।

नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेकाले सोही स्थानबाट सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रियासहित पुनर्निर्माणमा लामो समय लाग्न सक्छ। त्यसैले दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम रहेको उनको भनाइ छ।

यसअघि पनि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी मर्मतको काम भइरहेको थियो।

जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भइसकेको थियो भने होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। काम पूर्णरूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सडकमा थप क्षति पुर्‍याएको हो।

सडक तत्काल खुल्ने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ।

प्राविधिक टोलीहरूले विभिन्न सम्भावित रुटको निरीक्षण गरिरहेका छन्। निरीक्षणपछि छोटो, सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds