पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ।
भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले अवरुद्ध सडक १५ दिनभित्र सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ।
विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरेको छ। पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए।
राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने उनले बताए। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाई छ।
‘यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई हाम्रो उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ,’ उनले भने, ‘सबै विज्ञहरूको टिम बनाएर उहाँहरूको राय अनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न हुन्छ।’
सम्बन्धित खबर
सरकारकै कारण उद्धारमा ढिलाई भएको लेखेका फिल्डका प्राविधिकको पोष्ट गायब
कृष्णभीरको पहिरो पन्छाएर सडक खुलाउन कम्तीमा १५ दिन लाग्ने
पीडित परिवारले भने– सुरुङमा फसेका मान्छेलाई राज्यले पशुवत् व्यवहार गर्यो
सातौं दिनमा आएपछि सरकारले भन्यो- हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ
एमालेले बाढीपीडितलाई कम्तीमा एक करोड २० लाख राहत दिने
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग