याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु

दुर्घटना

याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु

yamdi

खरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षे युवकको ज्यान गएको छ। स्याङ्जा घर भई हाल पोखरा–५ मालेपाटन बस्ने मुक्तबहादुर रोक्काको मृत्यु भएको हो।

सोमबार दिउँसो करिब पौने १ बजे उनी खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेका थिए। घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले उनलाई निकालेर मणिपाल अस्पताल पुर्‍याएको थियो।

चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds