भोटेकोशी नदीमा आएको बाढीपहिरोपछि लामो समयदेखि सम्पर्कविहीन रहेका स्याङ्जाका आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सम्पर्कविहीनको अवस्था लामो समयसम्म पत्ता नलागेपछि परिवारका सदस्यबाट नमुना सङ्कलन गरिएको हो ।
सम्पर्कविहीन हुनेमा भीरकोट नगरपालिका–५ पकानका ७० वर्षीय कृष्ण अर्याल र उनकी श्रीमती राधा अर्याल, कालीगण्डकी गाउँपालिका–४ ताप्लेबेसीका गुरुदत्त पाण्डे, नुवाकोटको मैलुङ हाइड्रोपावरमा कार्यरत कालीगण्डकी–४ का ३० वर्षीय अमल्दार रोहन राना, चापाकोट नगरपालिका–१० का दिनामनी पंगेनी, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत वालिङ नगरपालिका–१४ का प्रहरी सहायक निरीक्षक समबहादुर थापा, भीरकोट नगरपालिका–२ का ३१ वर्षीय नेपाली सेनाका गणेश कार्की र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षीय तिलक राना छन् ।
सम्पर्कविहीनमध्ये वालिङका प्रहरी सहायक निरीक्षक समबहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जामै डीएनए परीक्षणका लागि रगतको नमुना लिइएको छ ।
अन्य छ जनाका परिवारबाट भने काठमाडौंस्थित प्रहरी अस्पतालमा नमुना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
यसैबीच, कृष्ण अर्याल र राधा अर्याल दम्पतीको भने हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिसकिएको छ । उनीहरूको काजकिरियासमेत सुरु भइसकेको परिवारले जनाएको छ ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी