भोटेकोशी नदीमा आएको बाढीपहिरोपछि लामो समयदेखि सम्पर्कविहीन रहेका स्याङ्जाका आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सम्पर्कविहीनको अवस्था लामो समयसम्म पत्ता नलागेपछि परिवारका सदस्यबाट नमुना सङ्कलन गरिएको हो ।
सम्पर्कविहीन हुनेमा भीरकोट नगरपालिका–५ पकानका ७० वर्षीय कृष्ण अर्याल र उनकी श्रीमती राधा अर्याल, कालीगण्डकी गाउँपालिका–४ ताप्लेबेसीका गुरुदत्त पाण्डे, नुवाकोटको मैलुङ हाइड्रोपावरमा कार्यरत कालीगण्डकी–४ का ३० वर्षीय अमल्दार रोहन राना, चापाकोट नगरपालिका–१० का दिनामनी पंगेनी, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत वालिङ नगरपालिका–१४ का प्रहरी सहायक निरीक्षक समबहादुर थापा, भीरकोट नगरपालिका–२ का ३१ वर्षीय नेपाली सेनाका गणेश कार्की र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षीय तिलक राना छन् ।
सम्पर्कविहीनमध्ये वालिङका प्रहरी सहायक निरीक्षक समबहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जामै डीएनए परीक्षणका लागि रगतको नमुना लिइएको छ ।
अन्य छ जनाका परिवारबाट भने काठमाडौंस्थित प्रहरी अस्पतालमा नमुना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
यसैबीच, कृष्ण अर्याल र राधा अर्याल दम्पतीको भने हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिसकिएको छ । उनीहरूको काजकिरियासमेत सुरु भइसकेको परिवारले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला