जेनजी दिवसको कार्यक्रमबाट जेनजी घाइते नै पक्राउ, शहिदकी आमालाई बोल्न देऊ भन्न समेत पाएनन्

राजनीति

जेनजी दिवसको कार्यक्रमबाट जेनजी घाइते नै पक्राउ, शहिदकी आमालाई बोल्न देऊ भन्न समेत पाएनन्

सुदनले न्याय दिन नसकेको भन्दै विरोध जनाएका थिए

Pawan-Khadka-1024×683

काठमाडौँमा आज आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका जेनजी आन्दोलनका घाइते नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा पवन खड्का रहेका छन्।

उनलाई कार्यक्रमस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यक्रममा गृहमन्त्रीसहित आधा दर्जन बढी मन्त्रीहरु सहभागी थिए ।

जेनजी आन्दोलनका क्रममा जलाइएको पुरानो संसद् भवनमा आयोजितकार्यक्रमका दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी थिइन् । केही भोलेन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए ।

त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताए । युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्यानमा राखेर लगिएको थियो । ती युवकले आफू जेन्जी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन् ।

जेनजीहरूको पक्षमा बोलिरहँदा सहभागीहरूले नै हुटिङ गरेपछि खड्काले बोल्न दिनुपर्ने दलील गरेका थिए।

उनलाई जेनजीको एउटा समूहले दुर्व्यवहार गरेपछि प्रहरीले उल्टै खड्कालाई नियन्त्रणमा लिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ