बालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ

राजनीति

बालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ

sushila karki

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह लाई चरित्र र कार्यशैली फेर्न सुझाव दिएकी छिन्।

जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन मंगलबार अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले घुमाउरो शैलीमा प्रधानमन्त्री शाहलाई कार्यर्शली सुधार गर्न आग्रह गरेकी हुन्। जेनजी आन्दोलनले दिएको सन्देश मनन् गर्दै संसदीय अंक गणितले नभइ राजनीतिक स्थायित्वको आधार सरकारमा रहेको चरित्र र कार्यशैलीले गर्ने बताएकी हुन्।

जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री केपी शर्मा ओली संसदको दुई तिहाइ बहुमतबाट अनुमोदित थिए। अहिलेका वालेन्द्र पनि त्यस्तै अवस्थामा रहेको संकेत कार्कीले गरेकी छिन्। ओलीको खराब कार्यशैलीका कारण दुई तिहाइ सडकबाट उल्टिएको अवस्थामा अहिले पनि सचेत रहनुपर्ने उनको घुमाउरो जिकिर छ।

‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ। सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ, कार्कीले अगाडि भनेकी छिन्, ‘त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु ।’

गत वर्ष भदौ २३ गते नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको घटनाको कार्कीले सामाजिक सञ्जालबाट स्मरण गरेकी छिन्।

गत वर्षको जस्तो घटना कहिल्यै दोहोरिन नदिन सबै सचेत हुनुपर्ने कार्कीको भनाइ छ। उनले उल्लेख गरेकी छिन्, ‘त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आआफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।’

आन्दोलनपछि कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गत फागुन २१ गते चुनाव गराएको थियो। चुनावबाट रास्वपा दुई तिहाइ बहुमतसहित सत्तामा पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ