नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने माग गरेका छन्।
सिंहदरबार र अदालतजस्ता राज्यका प्रमुख अंग जलाउने तथा विध्वंस मच्चाउनेहरूमाथि अझैसम्म कारबाही नहुनु र राज्य संयन्त्र मौन बस्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए।
बीपी जयन्तीको अवसरमा बुधबार एक भिडियो राख्दै सभापति थापाले घटनाको निष्पक्ष अनुसन्धान गरी तत्काल दोषी पहिचान गर्न सरकारसँग माग गरे।
त्यति ठूलो राज्य संयन्त्र क्षणभरमै कसरी पंगु र काम नलाग्ने अवस्थामा पुग्यो भन्नेबारे खोजी हुनुपर्ने उनको भनाइ छ।
सभापति थापाले भने, ‘को थियो सिंहदरबार जलाउने ? को थियो अदालत जलाउने ? त्यो दिन त्यत्रो ध्वंस गराउने को थियो र कसले उकास्यो ? किन आज कोही चुइँक्क बोल्दैन र कसैले यसको जिम्मा लिँदैन ? यसको जवाफदेहिता कसैले लिनुपर्दैन ?’
आवेशमा आएर अपराध गर्नेहरूले केवल माफी मागेकै भरमा उन्मुक्ति पाउन नसक्ने बताउँदै उनले दण्डहीनताले समाजलाई कहिल्यै न्यायपूर्ण बनाउन नसक्ने बताए।
अपराध गर्नेले त्यसको कानुनी सजाय भोग्नैपर्ने र उन्मुक्ति दिने परिपाटीको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
निर्वाचनलगत्तै सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान र छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे।
अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका उनले भदौ २३ गतेको घटनाबारे अध्ययन सम्पन्न भइसकेकाले त्यसको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न र नागरिकलाई अन्योलमा नराख्न सरकारलाई आग्रह गरे।
सभापति थापाले भदौ २३ गते भएको दमनको जिम्मेवारी किटान गरी दोषीलाई कारबाही गर्नुपर्ने, हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने तथा भदौ २४ गते विध्वंस मच्चाउनेहरूलाई समेत कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा राखे।
दण्डहीनता बढ्दै गए भोलि जो-कोही पनि यसको सिकार हुन सक्ने चेतावनी दिँदै उनले भने, ‘काल पल्किसकेपछि यो-त्यो भन्दैन। आज पीडामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिइएन भने भोलि त्यो पीडा जसले पनि भोग्नुपर्ने हुनसक्छ।’
आगजनी र विध्वंसमा संलग्नलाई तत्काल कारबाही गरेर विधिको शासन कायम गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ