सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं

राजनीति

सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं

SASMIT-POKHAREl

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार सिरहामा आयोजित एक कार्यक्रमबाट ‘लखेटिएका’ छन् ।

औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा उनी रास्वपाका स्थानीय नेता कार्यकर्ताबाटै लखेटिएका हुन् । उनले बोल्ने क्रममा रास्वपाका स्थानीय नेता कार्यकर्ताले होहल्ला गरेपछि पोखरेल त्यो कार्यक्रमबाट बाहिरिए ।

त्यसको केही समयपछि सामाजिक सञ्जालमा एक टिप्पणी सार्वजनिक गर्दै पोखरेलले दुई जना व्यक्ति आएर हल्ला गरेपछि आफू कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन् ।

‘अहिले हामी मधेश प्रदेशमै छौं । नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि हिजोदेखि मधेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव सङ्कलन गरिरहेका छौं’, मन्त्री पोखरेलले भनेका छन्, ‘आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौं । आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं ।’

उनले त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन् । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुने तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन । सो घटनापछि पनि हामी सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्‍यौं । आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव संकलन गरेका छौं । भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौं’, उनले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ