जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल सरकारका मन्त्री महावीर पुनको भूमिकामाथि प्रश्न उठाएका छन्।
युएईस्थित नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको उद्धारका लागि पहल गर्नुपर्नेमा मन्त्री पुनले सामाजिक सञ्जालमा मात्रै अभिव्यक्ति दिइरहेको भन्दै अन्सारीले आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत मन्त्री पुनलाई उल्लेख गर्दै अन्सारीले आपत्ति जनाएका हुन्। उनले भने, ‘तपाईं नेपाल सरकारको मन्त्रिपरिषद्को सदस्य हो। तपाईं समेतको सिफारिसमा राजदूतको नियुक्ति हुन्छ। युएईस्थित नेपाली राजदूतावास तपाईंको सरकारको प्रतिनिधि हो।’
नेपालको राजदूतावासले नेपाल सरकारको निर्देशन मान्नुपर्ने भन्दै उनले नेपाली नागरिकको उद्धारका लागि आफ्नो मन्त्रालय र सरकारमार्फत प्रभावकारी पहल गर्नुपर्ने बताए।
‘नेपाली नागरिकको उद्धारका लागि आफ्नो राजदूतावासलाई अनुरोध गर्नुको साटो आफ्नो मन्त्री पदको मर्यादा भुलेर एउटा लाचार अभियन्ता जस्तो फेसबुकमा पोस्ट गरिरहँदा तपाईंलाई आफ्नो पदको मर्यादाको थोरै पनि ख्याल भएन ?’ अन्सारीले प्रश्न गरे।
उनले नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको राजदूतावास असमर्थ भए मन्त्री पुनले मन्त्रिपरिषद्मा आफ्नो भूमिकामाथि नैतिक प्रश्न उठाउनुपर्ने तर्क गरे।
‘तपाईंको मन्त्रिपरिषद्प्रति वफादार हुनुपर्ने नेपालको राजदूतावासले नेपाली नागरिकको उद्धार गर्न सक्दैन भने तपाईं कुन नैतिकताको आधारमा नेपाल सरकारको मन्त्रिपरिषद्मा बसिरहनुभएको छ?’ उनले प्रश्न गरेका छन्।
मन्त्रीको यस्तो व्यवहारले विदेशी सञ्चारमाध्यम, विदेशी नागरिक समाज, मित्रराष्ट्रका सरकार तथा कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय समुदायमा नेपालको मन्त्री पदको मर्यादा तथा सरकारको गम्भीरतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ।
उनले मन्त्री पुनलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईं नेपाल सरकारको मन्त्रिपरिषद्को सदस्य हो कि एउटा लाचार अभियन्ता?’ अन्सारीले यसलाई ‘अन्तर्राष्ट्रिय बेइज्जती’ भन्दै सरकार र मन्त्रीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।
सम्बन्धित खबर
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
सुधनसँग जेन्जी कार्यक्रममा देखिएका आचार्य श्रीनिवासले भनेः तिलक–चन्दन लगाउने हामीलाई क्याबिनेटमा देख्नुहुन्छ
‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु