मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै मुलुकमा विध्वंस मच्चाइएको आरोप लगाएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले आफू अरूको घर वा देश जलाउने राजनीतिमा विश्वास नगर्ने बताए । उनले पछिल्लो समय राजनीतिक गतिविधिका नाममा भइरहेका हिंसात्मक तथा विध्वंसात्मक गतिविधिप्रति समेत असन्तुष्टि जनाए ।
‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउन पनि छैन, सिंहदरबार जलाउनु पनि छैन । म अर्काको घर जलाऊँ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि,’ उनले भने ।
त्यसक्रममा उनले जेनजी आन्दोलनका क्रममा संसद्, सिंहदरबार लगायतका भौतिक संरचना जनाउन भएको षड्यन्त्र’ आफूसँग धेरै भिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने घोषणा समेत गरे । उनले भने, ‘म माथि यो सरकारले ज्यादती गरेको छ, यसमा विज्ञहरू बोल्नुपर्छ, ‘कोही विज्ञहरू अहिले पनि बालेन विना केही हुँदैन भनेजस्तो गर्छन् ।’
देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रसाईंले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको संरक्षण हुन नसक्ने दाबी गरे । आफूलाई कुनै बाह्य शक्ति वा संगठनसँग जोडेर प्रचार गर्ने गरिएको भन्दै उनले त्यसको खण्डनसमेत गरे ।
वर्तमान सरकारको नेतृत्व र नीतिमा दूरदृष्टिको अभाव रहेको आरोप लगाउँदै प्रसाईंले त्यसकै कारण मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको र युवाहरू विदेशिन बाध्य भएको बताए ।
उनले बैंक तथा वित्तीय संस्थामा ठूलो रकम थुप्रिए पनि स्पष्ट आर्थिक दृष्टिकोण र शान्ति–सुरक्षाको भरपर्दो वातावरण नहुँदा मुलुकमा आन्तरिक तथा बाह्य लगानी भित्रिन नसकेको बताए ।
समसामयिक राजनीतिक विषयमा कडा टिप्पणी गर्दै प्रसाईंले जनताले वर्तमान राजनीतिक नेतृत्वको विकल्प खोज्ने समय आइसकेको दाबी गरे । वर्तमान अवस्थाबाट मुलुकलाई निकास दिन राजनीतिक प्रणाली र नेतृत्व दुवैमाथि पुनर्विचार आवश्यक रहेको उनको भनाइ थियो।
सम्बन्धित खबर
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
सुधनसँग जेन्जी कार्यक्रममा देखिएका आचार्य श्रीनिवासले भनेः तिलक–चन्दन लगाउने हामीलाई क्याबिनेटमा देख्नुहुन्छ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु