काठमाडौँ — एमालेले नेतृत्व पुनगर्ठनको विषय स्थगित गरी प्रदेशहरुबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ ।
उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको हो । थापा र महासचिब शंकर पोखरेलले फरक-फरक प्रतिवेदन लेखेका थिए । पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताएका थिए भने थापाले त्यसलाई ‘बेमौसमे बाजा’ भनेका थिए ।
उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले महासचिव शंकर पोखरेलको प्रतिवेदनमा समावेश भएको नेतृत्व पुनर्गठनको विषय हटाएर एउटै प्रतिवेदन बनाएको कान्तिपुरलाई बताए । ‘नेतृत्व परिवर्तनजस्तो विवादित विषय हटाएर एउटै प्रतिवेदन तयार भएको छ । त्यो प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस हुनेछ,’ उनले भने, ‘प्रदेश र विभागहरुबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राखिनेछ ।’
उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले पार्टीको नीति र नेतृत्व पुनर्गठनको विषय अनुसूचीमा राख्न सहमत भएका थिए । यो विषय केन्द्रीय कमिटीमा पनि छलफल गर्ने तयारी गरेका छन् ।
एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन् । देशव्यापी अभियानमा साउनसम्म ३ लाख ५९ हजार जना अर्थात् करिब ५३ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका हुन्, जब कि गत वर्षसम्म एमालेमा ६ लाख ८६ हजार ७ सय ४८ सदस्य थिए ।
गत वर्ष भदौको जेन–जी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाइ छ । जेन–जी आन्दोलनपछि गत फागुनको चुनावमा नै एमाले मात्र नभई सबै वामपन्थी दलले कमजोर जनमत पाएका थिए । एमाले २५ सिट र नेकपा १७ मात्र सिट जितेर संसद्मा प्रतिनिधित्व गर्ने वामपन्थी दल बनेका थिए ।
वामपन्थी दलहरूको जनमत खस्किनुमा वैचारिक आधार, वर्गीय सरोकार र जनतासँगको सम्बन्ध बिर्सेर सत्ता, अवसर, आन्तरिक गुटबन्दी र सुविधाभोगी राजनीतिमा केन्द्रित हुनु मुख्य कारण रहेको विश्लेषकहरूले औंल्याएका छन् । पार्टी नेतृत्वले लिने नीति र कार्यशैलीले सामान्य सदस्यको मनोविज्ञान निर्धारण गर्ने राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा र नहुँदा लिएको नीति सदस्यका लागि उत्साहजनक नभएको उनको भनाइ छ ।
सम्बन्धित खबर
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा