अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा प्रणालीमा थप कडाइ गरेको छ।
आप्रवासनको संख्या नियन्त्रण गर्ने र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यसहित अस्ट्रेलियाले अक्टोबर २ देखि नयाँ तथा कडा नियमहरू कार्यान्वयनमा ल्याएको छ।
नयाँ व्यवस्था अनुसार अब अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसा बाहक तथा विद्यार्थीहरूले सहज रूपमा उतैबाट अर्को विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने भएका छन्।
यसअघि सामान्यतया भिसा परिवर्तन गरेर वा सजिलै कोर्ष फेरेर अस्ट्रेलियामै बसिरहने प्रवृत्तिलाई नयाँ नियमले रोक्ने छ।
अधिकांश अस्थायी भिसामा रहेका व्यक्तिहरूले अब अस्ट्रेलियाभित्रैबाट विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् र उनीहरूले आफ्नै देश वा अस्ट्रेलियाबाहिरबाट आवेदन दिनुपर्नेछ।
एउटै तहका साना कोर्सहरू बारम्बार फेरेर लामो समयसम्म अस्ट्रेलिया बस्ने प्रवृत्तिलाई लक्षित गर्दै नियम कडा पारिएको उल्लेख छ।
अब सुरूको कोर्समा निरन्तरता दिई सामान्य कारणले पटक-पटक कोर्स बदल्न नपाइने भएको हो।
यदि, कोही विद्यार्थीले आफ्नो हालको कोर्स सफलतापूर्वक पूरा गरेर अझै उच्च तहको अध्ययनका लागि जाने भएमा मात्र अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिन सक्ने व्यवस्था कायम राखिएको छ।
यसबाहेक, एउटै कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र भिसाको म्याद थप्नुपर्ने अवस्थाका विद्यार्थीलाई समेत केही हदसम्म छुट दिइएको छ।
डिपेन्डेन्ट भिसामा कडाइ गर्दै नयाँ नियमले विद्यार्थी भिसा आवेदनमा परिवारका सदस्यहरू (पति/पत्नी वा आश्रित सन्तान) लाई समावेश गर्ने प्रक्रियालाई पनि निकै सीमित बनाएको छ।
विशेष गरी केही उच्च तहका अध्ययन (जस्तै: पिएचडी वा सरकार प्रायोजित कोर्सहरू) बाहेक अन्य साधारण कोर्समा आश्रित परिवारलाई साथमा लैजान वा भिसा स्वीकृत भएपछि पछि थप्न नपाइने कडा प्रावधान ल्याइएको छ।
हालै थपिएका यी कडा नियमहरूले अस्ट्रेलियामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई समेत प्रत्यक्ष रूपमा प्रभावित पार्ने देखिएको छ।
सम्बन्धित खबर
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह