र्‍याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण

साहसिक खेल

र्‍याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण

rafting pokhara

पोखरानजिकै रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा (र्‍याफ्टिङ)मा पर्यटकको आकर्षण बन्दै गएको छ ।

पोखराबाट नजिकै भएकाले छोटो समयमै साहसिक मनोरञ्जन लिन सकिने सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) पोखराका अध्यक्ष वीरेन्द्र लामाले बताए ।

तीन घण्टाभित्रै जलयात्रा पूरा गर्न सकिने भएकाले छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइमा सेती नदी पर्ने गरेको उनको भनाइ छ । अहिले पोखराको सेती नदीमा दैनिक ३० देखि एक सय जनासम्मले जलयात्रा गर्ने गरेका छन् ।

अपर सेती नदीमा वर्षमा पाँच महिनासम्म र्‍याफ्टिङ गर्न सकिन्छ । पानीको बहाव ग्रेड चारभन्दा माथिको हुने भएकाले अपर सेती र्‍याफ्टिङका लागि उत्कृष्ट नदीमध्ये एक रहेको लामाको दाबी छ ।

पछिल्लो समय जलविद्युत् आयोजना निर्माण हुन थालेपछि कतिपय नदीमा अपेक्षाअनुसार जलयात्रा सञ्चालन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

सेती र मर्दी नदीको दोभानदेखि करिब आठ किलोमिटर दूरीमा रहेको याम्दीसम्म र्‍याफ्टिङ गराइन्छ । र्‍याफ्टिङका लागि विदेशी पर्यटकले ६ हजार रुपैयाँ र नेपालीले तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने लामाले बताए ।

नेपालमा सेती, कालीगण्डकी, मर्स्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी र कर्णालीलगायत नदीमा सरकारले जलयात्रा सञ्चालन गर्न अनुमति दिएको छ ।

नेपाल आउने पर्यटकमध्ये २५ प्रतिशतले र्‍याफ्टिङ गर्ने गरे पनि पछिल्ला वर्षहरूमा यो संख्या घट्दै गएको लामाले बताए ।

पोखरामा मात्रै ११ वटा र्‍याफ्टिङ कम्पनी सञ्चालनमा छन् । देशभर करिब एक सय व्यवसायी यस क्षेत्रमा सक्रिय छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ