काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको उम्मेदवार बनाइदिने भन्दै अग्रिम रकम असुल्ने व्यक्तिबाट बच्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
जनकपुर पुगेका सभापति लामिछानेले उम्मेदवार बनाइदिन्छ भन्दै अग्रिम रकमसमेत लिन थालेको सूचना आफूले पाएको बताए।
उनले भने, ‘म सुनिरहेको छु, मधेसमा निकै ठुलो चुनाव लागेको छ रे। चुनावको माहोल मधेसमा एकदमै तातिसक्यो, गर्मागर्म भइसक्यो रे भन्ने म कताकता सुनिरहेको छु। उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम एडभान्स पनि आइसक्यो रे! म आज यही मञ्चबाट घोषणा गर्दछु कि सारा एडभान्स डुबे!’
रास्वपाले अहिलेसम्म कसैलाई पनि चुनावमा टिकट दिने वाचा नगरेको स्पष्ट पारे। टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिले ठगी गरिरहेको भन्दै नजिकैको प्रहरी चौकीमा गएर उजुरी दिन आग्रह गरे।
पार्टीको विधि र विधानविपरीत रहेर झुटा आश्वासन दिने तथा आर्थिक लेनदेन गर्ने व्यक्तिबारे सूचना दिनेलाई पार्टीले विशेष सम्मानका साथ हेर्ने पनि उनले बताए।
मधेसका जनताले जनप्रतिनिधिलाई मालिक बन्न नभई सेवक बन्न निर्वाचित गरेको बताए।
उनले थपे, ‘मधेसले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदहरूको जीवनशैली होइन, भोटरहरूको जीवन फेर्नुपर्नेछ।’
सम्बन्धित खबर
कांग्रेस हाम्रो हो, अदालतबाट न्याय हुन्छ, हुन्छ, हुन्छ : देउवा
पुलिसले देखे, अब कर्मचारीले चेत्दैछन्: ओली
मधेशमा पुगेर रविले भनेः टिकट दिलाइदिन्छु भनेर एड्भान्स लिन थालिसके रे, अब त्यो डुब्यो
उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छुः प्रचण्ड
भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे
भोटेकोशी बाढीका २ हजार ४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै
यो पनि पढौँ
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित