पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजा आराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताउनुभएको छ ।
छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गर्नुभएको छ । प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक छठ पर्व रहेको उहाँको भनाई छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्याउन सघाइरहेको हुन्छ । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन् ।’
खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको उल्लेख गर्दै उहाँले यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने बताउनुभएको छ ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपाललाई शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर
प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व छठः प्रदेश प्रमुख भट्ट
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित
१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका
पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका
यो पनि पढौँ
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित