पोखरा । युवा पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम, सेकेण्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित भएकी छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो । पुरस्कारसँगै उनलाई घलेक, नगद दश हजार र सम्मान-पत्र प्रदान गरिएको थियो ।
कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी थिइन्। उनले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत सञ्चारमाध्यममा काम गरिसकेकी छन् ।
पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गरेकी उनले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गरेकी छन् । पत्रकारितामा सक्रिय सुमन फोनिज गण्डकी र नेपाल मगर पत्रकार सङ्घ कास्कीको कोषाध्यक्ष रहेकी छन् ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान र युवा पत्रकारितामा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले नाम सिफारिस गरेको थियो । समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन), फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य रहेका थिए ।
पुरस्कार ग्रहणपछि सिञ्जालीमगरले सम्मानले पत्रकारितामा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताइन् । आदिवासी जनजातिको हकअधिकार, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै ब्रिटिस गोर्खाहरूको हकअधिकार र उनीहरूमाथि हुने विभेदविरुद्ध कलम चलाउन थप जिम्मेवार बनाएको उनको भनाइ थियो । उनले पत्रकारिता यात्रामा साथ र हौसला दिने परिवार, अग्रज, सहकर्मी तथा जीवनसाथीप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले भाषा, संस्कृति, पहिचान र अधिकारका सवाल उजागर गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । उनले आदिवासी जनजाति पत्रकारलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा थप सक्रिय हुन आग्रह गरिन् ।
प्रदेश सरकारले गुरुङ र मगर भाषासम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै उनले मातृभाषाको व्यावहारिक प्रयोगमा जोड दिइन् । सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रमा समेत मातृभाषाको प्रयोग हुनुपर्ने उनको भनाइ थियो । पुरस्कार प्राप्त गरेपछि मात्र नभई लामो समयसम्म निरन्तर पत्रकारितामा सक्रिय रहनु महत्त्वपूर्ण हुने उनले बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
फोनिज कास्कीकी अध्यक्ष बिनाकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका सदस्यबाट सांस्कृतिक नृत्य प्रस्तुत समेत प्रस्तुत गरिएको थियो ।
फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत र सचिव देविका तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य
पोखरा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा परीक्षण शिविर तथा सचेतना कार्यक्रम
सुमन थापा सिञ्जाली मगरलाई युवा पत्रकारिता पुरस्कार
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
इमेज सहकारी ठगीमा पूर्व मेयर देवकुमार नेपालीलाई आठ वर्ष कैद
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
१८ वर्षभन्दा कम किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव