पोखरा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा परीक्षण शिविर तथा सचेतना कार्यक्रम

निःशुल्क शिविर

पोखरा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा परीक्षण शिविर तथा सचेतना कार्यक्रम

pmc

पोखरा बहुमुखी क्याम्पसले आफ्नो ४० औँ वार्षिकोत्सवको अवसरमा समुदायलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा विहीबार सञ्चालित उक्त शिविरमा समुदायका सदस्य, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी गरी जम्मा २२० जनाको आँखा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा चालिस बर्ष उमेर माथिका ८० जनालाई निःशुल्क चश्मा वितरण गरिएको, २०० जनालाई औषधि उपलब्ध गराइएको तथा चार जनामा शल्यक्रिया गर्नुपर्ने आवश्यकता पहिचान भएको थियो।कार्यक्रम बिहान ७ बजे देखि दिउसो ३ बजे सम्म संचालन रह्यो ।

त्यसैगरी, आँखा स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो। सहभागी हरुलाइ अस्पतालको तर्फबाट खाजा खर्च र रु ५०० प्रति सहभागी खर्च समेत उपलब्ध गराइएको थियो ।

हिमालय आँखा अस्पतालका दृष्टि अधिकृत गोविन्द योगी र बाह्य कार्यक्रम प्रमुख सुवास नेपाललगायतले सहजीकरण गरेका थिए । प्रशिक्षणमार्फत आँखा स्वास्थ्यको महत्त्व, आँखाको हेरचाह तथा दृष्टि सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्वागत मन्तव्य, कार्यक्रम सञ्चालन महेन्द्र रिमाल र कार्यक्रमको संयोजन सञ्चालक समितिका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षेत्रीले गरेका थिए ।

कार्यक्रम व्यवस्थापन तथा सञ्चालनमा सहयोग पुर्‍याउन गठित समितिमा कृष्ण पोखरेल, मुना कुमारी बास्तोला, नवीन नापित र भीमप्रसाद न्यौपाने रहेका थिए ।

May be an image of text

May be an image of studying and text

May be an image of one or more people, people studying and text

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ