उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी गएका मिलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको ‘हाम्रो कलेज’मा अध्ययन गर्न गएका उनी जम्मा २० वर्षका थिए । उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारीअनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । अधिकारीले चिकित्सकहरुको भनाइ उद्धृत गर्दै उनको मृत्युको कारण ‘ब्रेन हेमरेज’ भएको जानकारी दिए ।
उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।
शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग