गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ ।
वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ६ बानी यी हुन् :
अगाडिको गोजीमा मोबाईल राख्ने :
धेरै पुरुषले आफ्नो सजिकाको लागि पाइन्टको अगाडिको पकेटमा मोबाईल राख्छन । तर यसले बीर्य निस्काशनमा असर गर्छ । मोवाईललाई जति पेल्बिसनजिक राखिन्छ स्वस्थ वीर्य उत्पादनमा हानी गर्ने त्यति नै प्रबल सम्भावना हुन्छ । तसर्थ पछाडिको गोजी वा झोलामा मात्र मोवाईल राख्नुहोस् ।
तनाब :
तनाबले शरीरको विभिन्न कार्यलाई प्रभाव गर्छ । तीमध्ये प्रजनन स्वास्थ्यमा पनि निकै अशर गर्छ । बढि तनाब लिने मानिसको वीर्य असामान्य आकारको हुने अध्ययनले देखाएका छन् । असामान्य वीर्यको गुणस्तर पनि न्यून हुने गर्छ ।
धुमपान :
विभिन्न अध्ययनहरुमा यो पनि पाइएको छ कि कुनै पुरुषले जति चाँडो धुमपान त्याग्छ, त्यति नै छिटो स्वस्थ वीर्य उत्पादनको सम्भावना बढी हुन्छ ।
बढी तौल :
बढी तौल भएका वा मोटा मानिसको वीर्यको गुणस्तरमा ह्रास आउने गरेका विभिन्न अध्ययनले देखाएका छन् । मोटोपनले महिला यौन हर्मन
एस्ट्रोजनलाई तीब्र पार्छ । अत्यधिक तौलले लिंग उत्तेजनामा पनि समस्या उत्पन्न हुन्छ ।
तापमा एक्सपोज :
तापमा अत्यधिक एक्सपोज भएमा पनि वीर्यको गुणस्तरमा असर गर्छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’