भष्ट्राचारविरुद्ध संघर्षरत एक उपसचिवले बिराटनगरबाट ओली सरकारलाई चुनौती दिएका छन् । सरकारी कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरद्ध आवाज उठाउँदै उपसचिव प्रेम सञ्जेलले श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलई कडा चुनौती दिएका हुन् ।
कार्यअवधि नपुगी प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित श्रम कार्यालयबाट दुई महिनामै इटहरी सरुवा गरिएपछि सञ्जेलले आफ्नो सरुवाको जवाफ सचिव महेश दाहाल, श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताएका हुन् ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उपसचिव सञ्जेलले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुले आरोप प्रमाणित गरेमा ज्यानै त्याग्न तयार रहेको पनि उल्लेख गरे । आक्रोशित मुद्रामा प्रस्तुत भएका सञ्जेलले भने, ‘यदि मैले घुस लिएको प्रमाणित गरेर देखाएमा म ज्यान पनि दिन तयार छु । यो कुराको पुष्टि गरेर प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले देखाउन सक्नुपर्छ ।’
‘यहाँ कर्मचारी नै सबैभन्दा भ्रष्ट छन्, यिनीहरुले कति भ्रष्टाचार गरेका छन् मलाई थाहा छ, नेताले गर्ने बदमाशीबारे उनीहरु नै जान्दछन्’, सञ्जेलले अगाडि भने, ‘मैले ४० वर्षको यो अवधिमा घुस लिएको एकजना मान्छे देखाउन चुनौती दिन्छु । श्रममन्त्री विष्ट र प्रधानमन्त्री केपी ओलीलाई पनि यो मेरो चुनौती हो ।’
श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले शुक्रबार सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ