नेगम परियार, मनाङ । हिमालपारीको जिल्ला मनाङमा विभिन्न संघ संस्थाले सि.सि क्यामरा जडान गर्नु परेमा अब जिल्ला प्रशासनबाट स्वीकृति प्राप्त भए पछि मात्र सि.सि क्यामरा जडान गर्न पाउने नियम लागु भएको छ ।
यस समय भन्दा अगाडी कुनै स्विकृति नलिई सि.सि क्यामरा जडान हुदै आएकोमा अब भने नयाँ नियम अनुसार सि.सि क्यामरा जडानको लागी जिल्ला प्रशासन कार्यालयबाट स्विकृति प्राप्त भए पछि मात्र सि.सि क्यामरा जडान गर्न अनुमति दिईने प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
यही कार्तिक १५ गते एक सुचना प्रकाशित गरि जिल्ला प्रशासन कार्यालय मनाङले सोहि मिति बाट लागु हुने गरी यो नियम प्रकाशन गरेको हो । सुरक्षा ब्यबस्थापनका लागी सहज र सरल तथा थप निगरानी बढाउनको लागी सि.सि क्यामरा जडान हुन आवश्यक अनुसार बिभिन्न संघ संस्थाहरुमा आवस्यक रहेको पनि प्रमुख जिल्ला अधिकारी देबकोटाले बताए ।
जिल्लामा भएको हरेक गतिबिधी तथा नकारात्मक क्रियाकलापहरुको निगरानीका लागी सहयोग पुग्ने र यसको पनि नियम अनुसार प्रकृया मिलाएर लागु गर्नु पर्नेमा सबैको सहयोग र साथ आवस्यक रहेको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
मनाङ जिल्लामा बिगतका दिनहरुमा जे जस्तो भए पनि अबका दिनहरुमा सुरक्षा व्यबस्थालाई मजबुत बनाउन र प्रकृया मिलाएर बगाडि बढनमा सबैमा अनुरोध समेत गर्नु भएको छ । मनाङ जिल्लामा केहि दिन अगाडीबाट चोरीका घटनाहरु दर्तामा आएका कारण अब सुरक्षा ब्यबस्थापन गर्नका लागी समेत सि.सि.क्यामराले सहयोग गर्ने भएकाले यस्को निती नियम अनुसार काम कार्य गर्नु पर्ने देबकोटाले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाका अनुसार हरेक जिल्लाका चार वटै गाउँपालिकाको सुरक्षा ब्यबस्थापनको लागी सम्बन्धीत र सङकास्पक क्षेत्रहरु तथा बढी मानिसहरुको आवज जावत हुने स्थानहरुमा सि.सि.क्यामरा जडानको लागी समेत कुरा भईरहेको देबकोटाले बताए ।
चाडै नै चारै वटा गाउँपालिकाका सम्बन्धीत स्थानहरुमा सि.सि क्यामरा राखिने काम गरिने समेत देबकोटाले बताए । सि.सि क्यामरा राखिने सम्बन्धमा गाउँपालिकाका अध्यक्ष तथा सम्बन्धीत निकायहरुसंग कुरा भैसकेको र यस प्रति सबैले सकारात्मक प्रतिकृया दिएको समेत प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
सम्बन्धित खबर
जनार्दन शर्मा गृहजिल्लामै पूर्वमाओवादी कार्यकर्ताबाट अपमानित
समानुपातिकतर्फ ३३ दलले गरे दर्ता
बालेन निवास पुगेर फर्किन् प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्
चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव
संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण