नेगम परियार, मनाङ । हिमालपारीको जिल्ला मनाङमा विभिन्न संघ संस्थाले सि.सि क्यामरा जडान गर्नु परेमा अब जिल्ला प्रशासनबाट स्वीकृति प्राप्त भए पछि मात्र सि.सि क्यामरा जडान गर्न पाउने नियम लागु भएको छ ।
यस समय भन्दा अगाडी कुनै स्विकृति नलिई सि.सि क्यामरा जडान हुदै आएकोमा अब भने नयाँ नियम अनुसार सि.सि क्यामरा जडानको लागी जिल्ला प्रशासन कार्यालयबाट स्विकृति प्राप्त भए पछि मात्र सि.सि क्यामरा जडान गर्न अनुमति दिईने प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
यही कार्तिक १५ गते एक सुचना प्रकाशित गरि जिल्ला प्रशासन कार्यालय मनाङले सोहि मिति बाट लागु हुने गरी यो नियम प्रकाशन गरेको हो । सुरक्षा ब्यबस्थापनका लागी सहज र सरल तथा थप निगरानी बढाउनको लागी सि.सि क्यामरा जडान हुन आवश्यक अनुसार बिभिन्न संघ संस्थाहरुमा आवस्यक रहेको पनि प्रमुख जिल्ला अधिकारी देबकोटाले बताए ।
जिल्लामा भएको हरेक गतिबिधी तथा नकारात्मक क्रियाकलापहरुको निगरानीका लागी सहयोग पुग्ने र यसको पनि नियम अनुसार प्रकृया मिलाएर लागु गर्नु पर्नेमा सबैको सहयोग र साथ आवस्यक रहेको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
मनाङ जिल्लामा बिगतका दिनहरुमा जे जस्तो भए पनि अबका दिनहरुमा सुरक्षा व्यबस्थालाई मजबुत बनाउन र प्रकृया मिलाएर बगाडि बढनमा सबैमा अनुरोध समेत गर्नु भएको छ । मनाङ जिल्लामा केहि दिन अगाडीबाट चोरीका घटनाहरु दर्तामा आएका कारण अब सुरक्षा ब्यबस्थापन गर्नका लागी समेत सि.सि.क्यामराले सहयोग गर्ने भएकाले यस्को निती नियम अनुसार काम कार्य गर्नु पर्ने देबकोटाले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाका अनुसार हरेक जिल्लाका चार वटै गाउँपालिकाको सुरक्षा ब्यबस्थापनको लागी सम्बन्धीत र सङकास्पक क्षेत्रहरु तथा बढी मानिसहरुको आवज जावत हुने स्थानहरुमा सि.सि.क्यामरा जडानको लागी समेत कुरा भईरहेको देबकोटाले बताए ।
चाडै नै चारै वटा गाउँपालिकाका सम्बन्धीत स्थानहरुमा सि.सि क्यामरा राखिने काम गरिने समेत देबकोटाले बताए । सि.सि क्यामरा राखिने सम्बन्धमा गाउँपालिकाका अध्यक्ष तथा सम्बन्धीत निकायहरुसंग कुरा भैसकेको र यस प्रति सबैले सकारात्मक प्रतिकृया दिएको समेत प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
सम्बन्धित खबर
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो