नेगम परियार, मनाङ । हिमालपारीको जिल्ला मनाङका स्थानीबासीहरु हिउँदको समयमा जाडो छल्नका लागी जिल्ला बाहिर विभिन्न जिल्लाहरुमा जाने गर्दछन । सोहि समयमा घर तथा पसलहरु चोरी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चामेले एक सुचना जाहेर गर्दै घर खाली नछोडन आग्रह गरेको हो ।
केहि समय अगाडी मात्रै एक पसलमा चोरी भए पछि सुरक्षा व्यबस्थालाई कडाई गर्नका लागी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी यस्तो कदम उठाएको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
सोहि चोरी पछि तुरुन्तै एक बैठक बसी जिल्ला भित्र सुरक्षा कडा तथा निगरानीका लागी सबैले सहयोग गर्न समेत अनुरोध गरिएको देबकोटाले बताए । सो बैठक पस्चात चोरी तथा लुटपाट लगाएत अन्य अपराधिक कृयाकलापहरुको नियन्त्रणको लागी सबैमा सहयोगको अनुरोध गरिएको हो ।

सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरु लगाएत स्थानीय बुद्धिजिबिहरुको बैठक पस्चात यी र यस्ता कृयाकलाप नियन्त्रणका लागी मनाङ जिल्लाको सदरमुकाम चामे लगाएत आसपासका गाउँहरुमा समेत सुचनामुलक सन्देश सहित र्याली कार्यक्रम समेत गरिएको थियो ।
सो बैठकले १३ वटा जनसमुदायले अपनाउनु पर्ने साबधानीहरुको सूची सहित जनसमुदायलाई सचेत हुनको लागी आग्रह गरिएको हो । जाडो समयमा मनाङका स्थानीहरु अन्यनत्र जाडो छल्नको लागी जाने प्रचलन भएकोले सोहि समयमा चोरी हुन तथा हुने भएकाले घर खाली गरेर नहिडको लागी आग्रह गरेको हो ।
हाल मनाङ जिल्लाका सम्भाबित तथा संकास्पद स्थानहरुमा सुरक्षा व्यबस्था समेत बढाईएको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
सम्बन्धित खबर
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो