एजेन्सी। थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको हो ।
मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ । पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको जानकारी दिएका छन् ।
चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर लोकल कम्पनीको थियो । पुलिस भन्छन्, ‘क्रिस्टाडाको मृत्युले अरुले पाठ सिक्नुपर्छ किनभने सस्तो र नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जमा राखेर कुरा गर्दा तपाईंको ज्यान पनि जानसक्छ ।’
कानमा इयरफोन लगाएर सुत्दा कसैको मृत्यु भएको मामला पहिले पनि सार्वजनिक भइसकेको छ । गत वर्ष डिसेम्बरमा पनि मलेसियामा बस्ने १६ वर्षका मोहम्मद आदिल अजहर जहरिनको मृत्यु पनि इयरफोन लगाएका कारण भएको थियो । मोहम्मदको कानमा इयरफोन लगाइएको थियो र त्यति नै बेला करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको थियो । यस्तै, फेब्रुअरी २०१८ मा ब्राजिलकी १७ वर्षीया लुइजा पिनहियरो पनि फोन चार्जमा राखेर इयरफोनमा गीत सुनिरहेकी थिइन् । त्यति नै बेला करेन्टका कारण उनको कानको इयरफोन पग्लियो र लुइजाको मृत्यु भयो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’