प्रणय दिवसलाई लक्षित पार्दै स्पेक्स फोर्टिन नामक इभेन्ट तथा एड्भर्टाइजिङ कम्पनीले न्युरोड भाट्भटेनीमा अवस्थित पोखरा स्काई स्पोर्टसमा यही फाल्गुन २ गते लवग्याजम नामक सांगितिक साझँ आयोजना गर्ने भएको छ ।
बिनायो इन्टरटेन्मेन्ट नामक इभेन्ट कम्पनीको समंयोजकतामा हुन गईरहेको यस कार्यक्रम दिउसो २ बजे देखी बेलुकी ११ बजे सम्म हुने भएको छ ।

प्रेमिल जोडी तथा संगीत पारखीहरुलाई लक्षित पार्दै आयोजना हुन गईरहेको यस कार्यक्रममा सुशान्त केसीको मुख्य प्रस्तुती हुने भएको छ भने ड्रिमर्ज ब्यान्ड तथा अन्य लोकल ब्यान्डहरुले विभिन्न गीतहरु गाएर दर्शकहरुलाई मनोरन्ज प्रदान गर्ने भएका छन्। साथै नेपालकै सबैभन्दा हट डिजे भनी चिनिने डिजे अर्पणाले आफ्नो ईडियममा सबैलाई नचाएर सांगितिक माहोललाई अझै बढी रोमान्चक बनाउने आयोजकहरुको दाबी छ ।

सांगितिक कार्यक्रमको साथै लवग्याजमलाई अझै रोमान्चित बनाउन विभिन्न खेलहरु हुने भएको छ। जित्नेलाई ठुलै पुरस्कारको साथै अन्य धेरै सुबिधाहरुको पनि व्यवस्था रहेको यस कार्यक्रमका मुख्य आयोजक महेश्वर सिंह भण्डारीले जनाएका छन्। यस कार्यक्रमको लागि लाउन्ज पार्ट्नर चिप्लेढुङामा अवस्थित क्लाउड ९ रेष्ट्रो एन्ड लाउन्ज बार रहेको छ भने कार्यक्रमको सम्पूर्ण मार्केटिङको जिम्मा काठमान्डौ अवस्थित ट्रान्सटेक मिडियाले लिएको छ। साथै यस कार्यक्रमको फिट्नेश पार्ट्नर सेप अप स्लिमिङ सेन्टर रहेको छ भने मेडिकल पार्टनर पिपल होमकेयर नेपाल रहेको छ ।
प्रणय दिवसको दिन हुने गइरहेको यस कार्यक्रममा सबैजनाले भाग लिन पाउने छन्। साथै अहिलेका चर्चित युवा गायक सुशान्त केशीको अष्ट्रेलिया जानु अघी यो नेपालमा अन्तिम सो हुनेछ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस