zभारतको सिनेकर्मीहरूको संगठन ‘अल इन्डिया सिने वर्कर्स एसोसिएशन’ले सोमबार पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ। प्रतिबन्धले भारतमा बसेर भारतिय सिनेमा उद्योगमा काम गर्दै आएका पाकिस्तानी कलाकार प्रभावित हुनेछन्।
भारत शासित जम्मु-काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परि भारतिय सिमा सुरक्षा बलका ४० बढि सैन्य जवानले ज्यान गुमाएको घटनापछि एसोसिएशनले यस्तो निर्णय गरेको हो। विस्फोटपछि भारतमा यसलाई लिएर भारतमा आक्रोश चुलिरहेको बेलामा यस्तो निर्णय आएको हो। यसअघि पनि भारत-पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना हुँदै यस्तो प्रतिबन्ध लाग्ने गरेको थियो।
पुलवामामा भएको घटनामा पाकिस्तानको हात रहेको भारतीयहरूको आरोप छ। एसोसिएशनले वर्तमान अवस्थालाई मध्येनजर गर्दै कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने र यसलाई कडाइकासाथ लागु गर्ने निर्णय गरेको जनाएको छ।
यस प्रतिबन्धको असर सिने उद्योगमा देखिन थालिसकेको छ। भारतको ठूलो म्यूजिक कम्पनीमध्येको एक ‘टिसिरिज’ले आफ्नो यूटयूब च्यानलबाट पाकिस्तान गायकहरू आतिफ आश्लम र रहात फतेह अलि खानका गीतलाई हटाएको छ।
यसैगरी अजय देवगनले आफ्नो आगामी कमेडी सिनेमा ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने बताइसकेका छन् भने कपिल शर्माको नयाँ कमेडी शोबाट पाकिस्तानलाई समर्थन हुने किसिमको वक्तव्य दिएको भन्दै नवजोद्ध सिंह सिद्धुलाई हटाइएको छ। उनको सट्टामा अर्चना पुरण सिंहलाई ल्याइएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर