काठमाडौँ — कान्तिपुर डेली डटकमले लेखेको छ: ‘हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् । ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,’ उनले टेलिफोनमा भने, ‘प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।’
घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले अहिलेसम्म ५ वटा शव फेला परेको बताए। उनले भने, ‘पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो।’
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी – ‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए। त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए।
प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।’
सम्बन्धित खबर
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ, दुवैलाई थुनामै राखेर अनुसन्धान गर्न म्याद मागिने
बालेनले लिए राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ, मधेसी मूलका पहिलो प्रधानमन्त्री
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष