तेह्रथुम, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीयसँगको छलफलका लागि मन्त्री अधिकारी पुगेका थिए ।
चुहानडाँडामा बुधबार बिहान ९स्५३ मा मन्त्री पुगेका थिए । चुहानडाँडामा स्थानीयले मन्त्री हेलिकप्टरबाट निस्ने बितिकै फुलमालाले स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलोपटक चुहानडाँडामा मन्त्री आउँदा आठराई बासिको २०३२ सालदेखिको सपना पुराहुने स्थानीयवासीको आशा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकुल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिएका थिए ।
मन्त्रीले १०स्३७ बजेदेखि करिब साढे १० मिनेट सम्बोधन गरे । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा एयरपोर्टको सन्दर्भ चलाउन होइन, एयरपोर्ट बनाउन आएको बताउँदै अबको ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हातमा एयरपोर्टको इस्टमेट र नक्सा देखाउदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गरेका थिए ।
पर्यटनमन्त्री अधिकारीले सम्बोधनका क्रममा आफूलाई प्रधानमन्त्रीले पठाएरै विमानस्थलका बारेमा बुझ्न आएको धारणा राखेका थिए । “यहाँ विमानस्थल बनाउने विषयमा बुझ्न आएका छौं । मेरो साथमा नक्सा, इस्टिमेट सबै छ । अहिले ८७ करोड खर्च हुने अवस्था छ,” सम्बोधका क्रममा मन्त्री अधिकारीले भनेका थिए, “दुईवटा सन्दर्भमा मात्रै बताउन चाहन्छु । वर्तमान सरकार बनिसकेपछि समृद्धिको यात्रालाई केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको छ । यो ठाउँ उहाँको जन्मस्थल भएर मात्रै होइन । उपयुक्त भएर नै यो ठाउँमा विमानस्थल बनाउन लागिएको हो । प्रधानमन्त्रीले हामीलाई भन्नुभयो, के कस्तो लाग्छ डिटेल अध्ययन गर्नुस् । हामीले फेरि अध्ययन गर्यौं । आज हामी डिटेल अध्ययन गरेर आएका छौं । प्रधानमन्त्रीले अरु होइन पर्यटनमन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभएकाले आज आएका छौं । विमानस्थल बनाउन उपयुक्त ठाउँ छ । पानी परेको छ । मौसम खराब छ हामी फर्किनुपर्ने छ ।”
https://www.facebook.com/gandaknews/videos/260063364708750/
चुहानडाँडाको कार्यक्रम बाट करिव १२स्१५ मा मन्त्री फर्केका उनको आठराई ईवा स्थित प्रधानमन्त्री केपि ओलीको जन्म घर हेर्दै काठमाडौ फर्कने कार्यक्रम रहेको थियो । चुहानडाँडामा मन्त्रीले छोटो समय पाथीभरा देवीको प्रसंग निकालेका थिए । पाथीभरा पहिले नै गाडिबाट पुगेको मन्त्री अधिकारीले बताएका थिए ।










ती कार्यक्रममा सहभागी भएलगत्तै फर्किएको सो टोली पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी सवार थिए ।
तस्विरः सामाजिक सञ्जाल
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा