गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । कम्युनिष्ट अधिनायकवादी शासन भएका देशमा आफ्नो नेताहरुाे लास सुरक्षित राख्ने प्रचलन देखिन्छ । रुसमा लेनिनकाे शव करिब ९४ वर्षदेखि सुरक्षित राखिएकाे छ । लेनिन ल्याबमा उनकाे लाश राखिएकाे छ ।
यता उत्तर कोरियाली शासक किम जोङ उनले पनि आफ्ना हजुरबुबा र बुबाको लाश अझै सुरक्षित राखेका छन् । उनले वार्षिक रु २.२५ करोडभन्दा बढी खर्च गरेर ती लाशहरुलाई ताजा रूपमा राख्दै आएका छन् ।
किमले बुबा र हजुरबुबा दुवैको लाश सुरक्षित राखेकाे कुमसुसन मेमोरियल प्यालेसमा सयौँ सैनिकहरुले सुरक्षा दिने गरेका छन् । किम जोंगका बुबा र हजुरबुबाको शवको संरक्षण गर्ने काम लेनिन ल्याबका कर्मचारीले गर्ने गरेका छन् ।
लेलिन ल्याबका वैज्ञानिक कर्मचारी आएर प्रत्येक वर्ष इम्बलमिंग गरेर लाशलाई सुरक्षित राख्ने गरेका हुन् । इम्बलमिंग एक किसिमको ट्रिटमेन्ट हो, जसले मृत शरीरहरुलाई सड्नबाट रोकेर ताजा बनाएर राख्ने गर्छ ।
kumsusan palace of the sun
लेनिन ल्याब एवं अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकका अनुसार शवलाई प्रत्येक डेढ या दुई वर्षमा इम्बलमिंग गर्नुपर्छ र यसो गर्दा २ महिना या बढी लाग्न सक्ने हुन्छ ।
उता रुसी नेता लेलिनको शवलाई लेनिन ल्याबमै इम्बलमिंग गरिन्छ । तर किम जोंगका बुबा र हजुरबुबाको शवलाई भने कोरियाकै प्योङयांग, प्योगानमा बनेको ल्याबमा इम्बलमिंग गरिन्छ । यो प्यालेसमा जानेमान्छेले शवलई तीनपटकसम्म ढोग्नुपर्छ ।
२०१६ मा किमले पहिलोपटक दुवै शव करिब २ करोड डलेर खर्चेर इम्बल्मिंग गरेका थिए । लेनिन ल्याबका वैज्ञानिकले सन् १९२४ मा तत्कालिन सोवियत संघका लिडर भ्लादिमीर लेनिनको शव
इम्बलमिंग गरेका थिए ।
लेनिनकाे शव महंगाे
लेनिनको शव सुरक्षित राख्न करिब २२ करोड नेपाली रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । लेनिनको शव लगभग ९४ वर्षदेखि रसियाको लेनिन ल्याबमा सुरक्षित रुपमा राखिएको अधिकारी बताउँछन् ।
१९२४ मा लेनिनको निधन हुँदा कसैले उनको शवलाई राख्ने सोचेका थिएनन् । तर एलेक्सी एर्बिकोसोभले शवलाई कसैले एम्बेल्म गर्न सक्ने कुरा निकालेको अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकले भनेका छन् ।
lenin Mausoleum
लेनिनको शव सुरुमा ओटोप्सी गरिएको थियो, जसका कारण तत्काल डिकम्पोज हुनबाट जोगिएको थियो । पछि गएर उनको शवलाई इम्बलमिंग गरिएको थियो । त्यसको ५६ दिनपछि सोभियतले शवलाई परमानेन्टली सुरक्षित रूपमा राख्ने तयारी गरेको थियो ।
त्यसपछि त्यहाँका दुई होनहार क्यामिस्ट व्लादिमीर वोरोबोव र बोरिस जेब्रास्कीले शवलाई इम्बलमिंग गर्ने कुरा अघि बढाएका थिए । उचित केमिकलको प्रयोग गर्दै छालाको रंगसमेत परिवर्तन गरेर केही महिनापछिको प्रयासमा पहिलो इम्बलमिंग सफल भएकोे थियो । त्यसपछि नै इम्बलमिंग गर्ने तरिका रसियाबाट बाहिरी मुलुकमा भित्रिएको थियो ।
Vladimir Lenin
त्यो बेला ल्याबमा करिब २०० जनाको ग्रुपले काम गर्दै आएका थिए । तर हाल त्यो संख्या कम र काम बढी छ । प्रत्येक साता एक उच्च वैज्ञानिक टोली ल्याबमा गएर शव चेकजाँच गर्ने गर्छन् ।
अन्य देशमा पनि
उता भियतनाममा पनि कम्युनिष्ट नेताहरुकाे शव सुरक्षित राखिएकाे छ । भियतनामका पूर्व राष्ट्रपति ‘हो ची मिन्ह’काे शव साेही विधिद्वारा सुरक्षित राखिएकाे छ । २ सेप्टेम्बर १९७३ मा लेनिनको माउसोलियमबाट उत्प्रेरित भएर हो ची मिन्हुको माउसोलियमको निमार्ण सुरु गरिएको थियो । साेही
माउसोलियममा उनकाे शव राखिएकाे छ ।
यसैरी बुल्गेरिया र दक्षिण काेरियामा समेत अाफ्ना पूर्वज नेताहरुकाे शव सुरक्षित राखिएकाे पाइन्छ । बुल्गेरियाका नेता ‘जर्जि दिमिटोभ’ र दक्षिण कोरियाका नेता अर्थात किम जोंग मुनका हजुरबुबा र बुबाको शवलाई पनि लेनिन ल्याबकै विशेषज्ञहरु गएर इम्बलमिंग गर्ने गर्छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर