काठमाडौं– सरकारले सिके राउतसँग गरेको सम्झौताको अन्तरकथा आजको नयाँ पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ । अघिल्लो राति नै प्रधानमन्त्री निवासमा सहमित, भोलिपल्ट औपचारिकता मात्र भन्ने शीर्षकमा पत्रिकाले समाचार छापेको हो ।
सहमतिबारे अघिल्लो दिन नै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । वालुवाटार वार्तामा थिएः प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, पूर्ववार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे, गृहसचिव प्रेमकुमार राई, स्वतन्त्र मधेश गठबन्धनका डा. सिके राउत, सिकेका दाजु जयकान्त राउत र सीके समूहका सहजकर्ता चन्दननाथ ।
राजनीतिक मूलधारमा आउन हस्ताक्षर गरेलगतै सिके राउत स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ भने नेकपाका नेता जगन्नाथ खतिवडाले यस विषयमा केपी ओली जानी–नजानी षड्यन्त्रमा पस्नुभो भन्ने टिप्पणी गरेका छन् ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको समाचार पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
राप्ती विज्ञान प्रतिष्ठानमा अनियमितता भएको निष्कर्षसहित संसदीय समितिले उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
त्यस्तै इथियोपियाको जहाज दुर्घटनामा एक नेपाली सहित १५७ जनाको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।
विश्व खाद्य कार्यक्रममा, इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारी दुर्घटनामा निधन भएको इजिप्टस्थित नेपाली दूतावासले पुष्टि गरेको हो ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’