गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुस्ताङ– गत फागुन १५ गतेदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दा बढी पशु चौपाया मरेका छन् ।
लामो समयसम्म लगातार हिमपात परेको कारण चिसामा कठ्याङग्रिएर पशु चौपायाहरु मरेको स्थानीयले जानकारी दिए ।
लगातारको हिमपातका कारण लोमान्थाङ गाउँपालिकामा ८ सय ८८ भेडा च्याङ्ग्रा, २ सय ३९ चौरी, थासाङ गाउँपालिकाका ८ वटा चौँरी मरेको हो ।
उक्त पशु चौपाया मर्दा स्थानीय कृर्षकहरुलाई करीब २ करोड रुपैँयाको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरुमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ ।
लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको सक्रियतामा क्षति विवरण संकलन कार्य सुरु गरिएको बताएका छन् ।
तस्विरः निरज थकालीको फेसबुकबाट
सम्बन्धित खबर
इलामको मतगणना आजै सक्ने तयारी
बझाङ अपडेटः २३ हजार ३७३ मत गनियो, कसको कति मत ?
आजको मौसम पूर्वानुमान
बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता
गनेका मतमध्ये झण्डै आधा एमालेका सुहाङलाई
इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग