पोखरा, २७ फागुन । तनहुँको भीमाद नगरपालिकाले रुपा गाँउपालिकाद्वारा आयोजित प्रदेशस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा रुपाले आयोजना गरेको प्रतियोगितामा भिमादले स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई चौथो सेटमा पराजित गर्न सफल बनेको हो । रुपा गाउँपालिका वडा नम्बर ६ भीरचोकस्थित खेल मैदानमा सोमबार भएको फाईनलमा भीमादले काली गण्डकी गाँउपालिकामाथि १९–२५, २५–२३, २५–२१, २५–२२ को सेटमा पराजित गर्दै पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको हो ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा घिरिङ गाउँपालिका तनहुँ विजयी भयो । पोखरा महानगरपालिका घिरिङसँग सोझो सेटमा पराजित हुन पुग्यो । पोखरा महानगरपालिका २५–१५, २५–२० र २५–२३ को सेटमा पराजित हुदैं चौथो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक नारायण गुरुङले बताए । त्यस्तै, सान्तवना पोखराले पनि नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका १९ वटा स्थानीय तहहरुको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट भीमाद नगरपालिकाका खेलाडी निर्मल शाही ठकुरी घोषित भए । बेष्ट सर्भरको पुरस्कार घिरिङ गाउँपालिकाका मिलनचन्द ठकुरी घोषित भए ।
बेष्ट डिफेण्डर कालीगण्डकी गाउँपालिकाका पोलसिंह राना, बेष्ट ब्लकर भीमाद नगरपालिकाका मिलन राना, बेष्ट सेटरबाट भीमादकै दिवस आले, स्पाईकरबाट काली गण्डकी गाँउपालिकाका हरि पाण्डे र अनुशासित टोलीको पुरस्कार रुपा गाँउपालिका घोषित हुदैं पुरस्कार थाप्यो ।
उत्कृष्ठ खेलाडीले नगद ५ हजार र अन्य विधाका खेलाडीले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे । खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्धेश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित भएको प्रतियोगितामा कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री, पुर्व सांसद कृष्णबहादुर गुरुङ, पूर्व गाविस अध्यक्ष टिकाराम पंगेनी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा राष्ट्रिय भलिबल टीमका क्याप्टेन इमबहादुर रानामगरलाई नगद २५ हजारले रुपा गाउँपालिकाले सम्मान पनि गरेको थियो । क्याप्टेन मगर रुपा वडा नं. ६ मोहोरिया निवासी हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झाँकी प्रदर्शन पनि गरिएको थियो । प्रथम फेदी नेवाः सास्कृतिक गुठी रुपा ५, द्वितिय शान्ति रुपा वराहाथोक रुपा ६, तृतीय नेपाल कुमाल सुधार समाज सुधार रुपा ३ र सान्त्वना चिसापानी जलकुमारी आमा समूह हुन सफल भयो ।







http://gandaknews.com/prithivi-subba/
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’