साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् ।
राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए ।
युवराजाधिराज मोहम्मदले आफूसँग एक रात बिताउनका लागि चर्चित अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दासियनलाई १ अर्बको अफर दिएका थिए ।
कार्दासियनका श्रीमान् कान्ये वेस्टले एक ट्वीट गरेका थिउ । यसमा उनले आफू ५.३ करोड डलरको ऋणमा डुबेको बताएका थिए ।
यसबारे जब युवराजाधिराजलाई सोधियो तब उनले आफूलाई कान्येमा केही रुची नभएको तर यदि उनले श्रीमती (किम कार्दासियनलाई एक रातका लागि उनका लागि ल्याए उनलाई १ करोड डलर (१ अर्ब रुपैयाँ) दिने बताएका थिए ।

एक रातमा रित्ताए ८२ करोडः
युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर (८२ करोड रुपैयाँ) रित्ताएका थिए ।
उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो । साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए । उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।
उनको यो बयान पश्चिमी मिडियामा निकै चर्चित बन्यो ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो