पूर्व-प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाका लागि ५९ जना सुरक्षाकर्मी खटाइएको छ । दाहालको सुरक्षाका लागि प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको हो ।
अरु पूर्व-प्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। स्रोतका अनुसार दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो । दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षाकर्मीको संख्या बढाईएको हो ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन्।गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ।
पाँच वर्षअघि दसैंका अवसरमा तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीकै कार्यकर्ता पदम कुँवरले दाहाललाई झापड हानेका थिए। त्यसपछि नै सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष सतर्कता अपनाएको थियो। पूर्व एमाओवादीका उच्च नेताहरूको हकमा भने सरकारले छुट्टै व्यवस्थासमेत गरेको छ।
सुरक्षा निकायका अधिकारीहरूले तत्कालीन एमाओवादीका नेताहरूमाथि थ्रेट विश्लेषण गरी सुरक्षा निगरानीसमेत बढाएका छन्। एमाओवादीबाट फुटेर अहिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र सो पार्टीबाट पनि फुटेर नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ।
अन्य ससाना समूह पनि फुटेर माओवादीबाट अलग भइसकेको र असन्तुष्ट समूह पनि उत्तिकै रहेको अवस्थामा सुरक्षा थ्रेट भएको मन्त्रालय उच्च स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन