अब अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने

अब अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने

sim-card

अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ।‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो ।

अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम लागु गर्न लागेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ई–केवाईसी सिस्टम ल्याउन लागको छ। सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए। उक्त प्रणालीको पहिलो चरणमा कार्यविधि तयार भएको छ। याे खबर अन्नपूर्ण पोस्टमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds