पोखरा । जापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी भएपछि नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेकाले उनले हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।
समझदारीमा हस्ताक्षर गर्ने बिषयको टुंगो लागिसकेपनि कहिले हस्ताक्षर गर्ने भन्ने समय भने तय गर्न बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । समझदारीमा नेपालबाट जापान कामदार लैजाने र जापानले उनीहरूलाई ‘स्पेसिफाइड भिसा’ दिने विषय उल्लेख हुने भनिएको छ ।
मन्त्रालयको अनुसरा जापानले चैत १८ देखि नै कामदार लैजाने गरी समझदारीमा हस्ताक्षरको प्रस्ताव यसअघिका वार्तामा गरेको थियो । तर कामदार लैजाने प्रक्रिया लगायतका विषय भने अझै ठोस रूपमा टुंगो लाग्न बाँकी छ ।
जापानले गत पुसमा नेपालसहित ९ देशबाट १४ प्रकारका कामका लागि कामदार भित्र्याउने निर्णय गरेको थियो । जापानले कामदार लैजान लागेकामध्ये दक्षिण एसियाबाट नेपालमात्र हो । आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको छ ।
जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ। त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ। जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ। समाचार स्रोत /सेतोपाटी
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष