पोखरा । फर्जी डकुमेन्ट बनाएर लाइसेन्स निकाल्न सहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेस सम्बद्द जनसम्पर्क समिति जापानका उपसभापति पुस्कर जंङ्ग थापा पक्राउ परेका छन् । जापानमा ड्राइभिङ स्कुल र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थापा र उनका भाई अशोक थापालाई प्रहरीले नक्कली लाइसेन्स बनाएको आरोपमा पक्राउ गरेको हो ।
उनीहरु दुई साता अघि नै पक्राउ परेका थिए । उनीहरुलाई नक्कली लाइसेन्स नेपालमा बनाएर लाने र विदेशी लाइसेन्स छ भने जापानी लाइसेन्सको परीक्षा दिनु नपर्ने भन्दै नक्कली लाइसेन्स बेच्ने गरेको आरोप लागेको छ ।
जापानी संचारमाध्यमहरूका अनुसार नेपालमा ड्राइभिङ अनुभव नभए पनि नक्कली लाइसेन्स बनाइदिने र उनीहरुले नक्कली लाइसेन्सलाई जापानी लाइसेन्सको मान्यता दिन किर्ते छाप लगाउने देखि जापानी लाइसेन्समा हुने सबै प्रक्रिया पूरा गर्ने गरेको आरोप लागेको छ ।
https://www.facebook.com/npsij/videos/404696227009573/
उनीहरुका अनुसार नेपालमा एक दलालले नक्कली लाइसेन्स बनाएर दिने गर्छन् । नक्कली लाइसेन्स बनाएबापत उनीहरुले एक लाख ८० हजार येनसम्म लिने गरेको खुलेको छ ।
पक्राउ परेका पुस्करले यो आरोप स्वीकारेका छैनन तर हाल उनी जेलमा समय बिताइरहेको सञ्चार जापानी माध्यमहरुले जनाएका छ्न ।


सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन