भारतमा पब्जी खेल्दा खेल्दै शुक्रबार एक युवकको मृत्यु भएको छ । तिलंगणाका २० वर्षीया युवकले ४५ दिनसम्म लगातार पब्जी खेलेपछि उनको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनको नाम भने खुलाइएको छैन ।
लगातार पब्जी खेलिरहेका उनको घाँटीमा एक्कासी समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। तर अस्पतालमा उनको उपचार हुन सकेन।
भारतमै पब्जी खेलेकै कारण एक विद्यार्थी विश्वविद्यालयको परीक्षामा फेल भएका छन्। रातभर पब्जी खेलेर परीक्षा दिन गएका ती विद्यार्थीले परीक्षाको उत्तर पुस्तीकामा पब्जी खेलबारे लेखेर बुझाएको जनाइएको छ।
ती विद्यार्थीले एसएसएलसी परीक्षामा गतवर्ष डिस्टिंसन ल्याएका थिए। तर एकाएक पब्जी खेलमा लागेपछि उनले पढाइ बिर्सिएको जनाइएको छ।
भारतमा पब्जीका कारण युवाहरुले मानसिक सन्तुलन समेत गुमाउन थालेको खबरहरु आएका छन्। एजेन्सी
समाचार श्रोत /नेपालखबर
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग