सूर्य तिमिल्सिना । कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गरी घर बनाउन लगाउने मंगोलियन समूहका इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सार्वजनिक जमिन अतिक्रमण गरी घर बनाएको भन्दै मंगोलियन समूहका इन्चार्ज शक्ति राईलाई प्रहरीले पक्राउ गरेको हो ।
‘मंगोलियन समूहका राईले झापा, धनकुटा, उदयपुर, भोजपुर, चितवन र गोरखासम्मका व्यक्तिलाई आरक्षको खाली जग्गामा घर बनाएर वस्ती नै बसाउने योजनाका साथ बोलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । राईले आफू मंगोलयन समूहको प्रदेश २ इन्चार्ज भएको प्रहरी समक्ष बयान दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गरेर घर बनाउने उद्देश्यले पूर्व देखि पश्चिम सम्मका व्यक्तिहरु दैनिक उपभोग्य सामाग्री, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका थिए। आएका सयौं व्यक्तिलाई प्रहरीले धपाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिक कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका पाँच सयभन्दा बढी व्यक्तिलाई प्रहरीले लखेटेको थियो ।
अतिक्रमण गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी उनीहरुलाई आरक्षबाट लखेटेको हो । उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष