तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको छ । अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैदको फैसला टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई सुनाइएको हो । २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए । सोहि घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।
पुरानो मुलुकी ऐन अनुसार जन्म कैद भनेको २० वर्ष कैद हुने व्यवस्था हो । तर कारागार नियमावालीमा भएको सुविधा अनुसार असल आचारणका कैदीहरुले ४० प्रतिशतसम्म कैद मिनाह पाउँछन् । धेरै जसो कैदीहरुले यो सुविधा लिएर १२ वर्षमा नै मुक्त हुने गरेका छन् ।
उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वा्चित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए । पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ