बिगत केहि समय यता देशभर बिभिन्न समयमा आयोजना भैरहेका ब्यूटी प्याजेन्टको नाममा रकम ठनि गर्ने क्रम बढेसँगै यस्ता प्रतियोगीता माथिको विश्वसनियता कम हुँदै गएको छ । सरकारले प्रतियोगिताको नाममा हुने अनियमिततालाई न्यूनीकरण गर्न प्रयास समेत गरेको छैन । देशभर नै सौन्दर्य प्रतियोगीता दैनिक भएपनि यसले मिस नेपाल जस्तो अन्तरराष्ट्रिय प्रतियोगीतालाई भने फरक पारेको देखिँदैन् ।
मिस नेपालको अन्तरराष्ट्रिय बजार विकास तथा नेपाल र नेपालीको साथ भने कमजोर नै छ । तर, यस बर्षकी मिस नेपाल श्रृङ्खला खतिवडाले नेपामा नया इतिहास रच्न सफल भएकी छिन् । उनले देश र देशवासीबाट भरपुर साथ पनि पाईन् र निकै चर्चामा आउन सफल भईन् । तर, जसरि श्रृङ्खललाई लिएर देश र जनताकै चासो देखियो यस्तो कमैले मात्रै पाउँछन् ।
अनेपालमा फेरी चाडै नै नयाँ मिस नेपालको घोषणा गर्ने तयारीमा आयोजक संस्था द हिडेन ट्रेजर लागेको छ । नयाँ मिस नेपालका लागि अन्तिम २६ जना छानि सकिएको छ । मिस नेपाल जो भएपनि उनका लागि चुनौतीका पहाड श्रृङ्खलाको लोकप्रियताले खडा गरिदिएको छ । श्रृङ्खलालाई जस्तो साथ संचारमाध्यमले आफुहरुलाई नदिएको गुनासो यो बर्षका मिस नेपालका अन्य ३ विजेताले उठाइसकेका छन् ।
मिस नेपाल मिस वल्र्डमा भाग लिन जाँदा पाएको उचाई श्रृङ्खलाको जस्तो अरुमा छैन । यसैले पनि नयाँ मिस नेपाललाई त्यो उचाई पाउनु आफैमा फलामको चिउरा चपाए जस्तै हो । किनकी, श्रृङ्खलाको पछाडि उनको राजनीतिक पृष्ठभूमी पनि जोडिएको थियो । यसमा श्रृङ्खलाको व्यक्तिगत प्रतिभालाई कमजोर भन्न भने मिल्दैन ।
श्रृङ्खला खतिवडाले जस्तै चर्चा र जनताको साथ पाउनका लागि यो बर्ष बन्ने मिस नेपालले ठूलै संघर्ष गर्न आवश्यक छ । नत्र, यो पटक पनि मिस नेपालले मिस वल्र्डबाट हात खाली फर्किनुपर्ने अवस्था आउन सक्छ । श्रृङ्खलाले मिस वल्र्डमा भाग लिइसकेपछि अब हुने नयाँ मिस नेपाललाई मिस वल्र्डमा सहज हुने दाबी गरिसकेकी छिन् । तर, उनले दाबी गरेजस्तै छैन । यो कुरामा मिस नेपालका दाबेदार सुन्दरीहरुले अहिलेबाट नै आफूलाई तयार राख्न आवश्यक छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु