प्रदेश नं. २ मा आउट भएका एसइइको प्रश्नपत्र जम्मा एक हजार रुपैयामा बिक्री गरिएको अनुसन्धानबाट पत्ता लागेको छ । चोरीमा प्रश्न पत्र कै सुरक्षार्थ खटिएका प्रहरी सहित शिक्षक गरी जम्मा ६ जना संलग्न भएको पुष्टी भएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबी र प्रदेश नम्बर २ प्रहरी कार्यालयले विहीबार सप्तरी जिल्लामा पत्रकार सम्मेलन गरेर प्रश्न पत्र चोरी गर्ने गिरोहलाई सार्बजनिक गरेको छ । प्रश्न पत्र चोर्ने कार्यमा संलग्न दुई जना प्रहरी सहित ६ जना नै प्रहरी नियन्त्रणमा छन् । उनीहरुले अपराध स्विकार गरिसकेका छन् ।
पक्राउ पर्ने प्रहरी सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए । इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । त्यही प्रश्नपत्रको सुरक्षाका लागि बसेका प्रहरीले प्रश्नपत्र निकालेर फोटो खिचेका हुन । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रहरीका अनुसार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको हो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र एक हजार रुपैया देखि चार हजार रुपैयासम्म बिक्री गरिएको अभियुक्तहरुले प्रहरीलाई बताएका छन् ।
खरिद गर्ने मध्ये एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए । स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर