पोखरा । क्षत्री समाज नेपालको तेस्रो महाअधिबेशन पोखरामा जारी छ । महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आगामि ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरिने क्षत्री समाजले जनाएको छ । महाधिवेशन उद्घाटन पूर्व पोखरामा ¥याली निकालियो । पोखराको न्यूरोड हुँदै पृथ्वीचोकबाट नयाँबजार प्रदर्शनी केन्द्रसम्म ¥याली कार्यक्रम गरेको हो ।
https://www.facebook.com/gandaknews/videos/282540465969954/
हाल क्षत्री समाजलाई आदीवासी सूचिबाट हटाउनु संबैधानिक कमजोरी भएको बताउँदै क्षत्री समाजको पूर्वअध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले त्यस बिरुद्ध आवाज उठाउनु पर्ने बताए । ‘कुन शक्ति तत्वले ‘आदिवासी’ शब्द हटाइयो यसको जवाफ खोज्ने कि नखोज्ने ?’ पूर्वअध्यक्ष क्षेत्रीले भने,‘यो देशमा कुनैपनि समुदाय ‘आदिवासी’ हुँ भनेर दावी गर्छ भने १ नम्बरका खादीवासी खस आर्य हुन् । यूरोपियन भत्ता खाएर, सत्ता र लत्तामा रमाउनेहरु हामिलाई हेप्न पाईँदैन ।’ क्षत्रीहरु धन र शक्ति प्राप्त गरेपछि अरुले जसरी पीडितहरुलाई झनै पीडा दिने काम नगर्ने पूर्वप्रधानसेनापति रुकमांगत कटुवाललले तर्क गरेका छन् ।
‘देशमा धन र शक्ति पाएपछि पीडितलाई झन् पीडा दिने दम्भ बढेको छ । त्यसबिपरीत क्षत्रीहरुले सबैलाई ज्ञान, दान दिन्छन् । भोकाहरुलाई खाना दिन्छन् । पिडीतहरुलाई संरक्षण गर्छन् । र यो जिम्मेवनरी नै नेपाली क्षत्रीहरुको काँधमा आएको छ’ पूर्वप्रधानसेनापति रुकमांगतले भने । क्षत्रीहरुको भाषा, ईतिहास र धर्ममाथि नै चौतर्फी प्रहार भईरहेको बताउँदै उनले त्यसको बिरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने