काठमाडौं ।पछिल्लो समय अत्यन्तै चर्चामा आएको मोबाइल गेम पब्जीका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गरेको समाचारहरु आईरहेका छन । छिमेकी मुलुक भारतको गुजरातमै यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ । भारतकै मध्यप्रदेशका एक युवकले पब्जी खेल्ने क्रममा पानी भनेर एसिड पिएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उपचारका लागि अस्पताको वेडमा हुँदासम्म उनले पब्जी खेल्न छाडेनन् । पब्जीको लत अहिले नेपालका किशोरकिशोरीहरुमा पनि उत्तिकै रुपमा चर्किएको छ ।
यहाँ कुनै अप्रिय घटना त भएको छैन तर, यही अवस्था रहिरहेका आफ्ना सन्तानको भविष्य अन्धकार हुने बताउँदै अभिभावकले प्रहरी गुहार्न थालेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार पछिल्लो समय विभिन्न विद्यालयका प्रिन्सिपल र अभिभावकहरुले प्रहरीलाई यो गेममाथि नियन्त्रण लगाउन आग्रह गर्न थालेका छन् ।
प्रहरीका अनुसार शिक्षक तथा अभिभावकहरुले प्याब्सनमा कुरा उठाएर संस्थागत रुपमै निवेदन दिने भएका छन् । यो गेमका कारण पढाइ प्रभावित भएको अभिभावकहरुको गुनासो छ । पब्जी खेल्ने व्यक्तिहरु अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो छु भन्ने होस पनि हुँदैन । उनीहरु अनलाइनमार्फत समूह यो खेल खेल्छन् । खेलकै क्रममा उनीहरुले साथीहरुसँग कुराकानी पनि गर्नसक्छन् । र, उनीहरुको मद्दत पनि लिन सक्छन् । सम्बन्धित समाचार :-
http://gandaknews.com/pabg-game-mirtu/
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा