एजेन्सी – व्यवसायी तथा एसियाकै धनि मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले १८ महिनामै १०८ किलो तौल घटाएका छन् । सन् १९९५ मा जन्मिएका अनन्तको तौल ५ वर्ष पहिले १७५ किलो थियो । अत्याधिक माटोपनको कारण ट्रोलको सिकार भइरहने अनन्त अम्बानी अहिले २४ वर्षमा मात्रै छन् ।
अनन्त लामो समयसम्म दमको रोगी थिए । उनले ‘हाइ डोज’ को औषधि सेवन गर्ने गर्थे जसको कारण उनको तौल बढेर १७५ किलो पुगेको थियो । सन् २०१३ मा आईपीएल म्याचमा १८ वर्षका अनन्त मुम्बई इन्डियनको जितमा ट्रफी लिन गएका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
उनले सन् २०१६ मा कडा मेहेनत गरे र १८ महिनामा १०८ किलो तौल घटाए । उनलाई विनोद चन्नाले प्रशिक्षण दिएका थिए । चन्नाले १२ सेसन्सको लागि १.५ लाख फि लिएका थिए । चन्ना अभिनेत्री शिल्पा शेट्टीदेखि जोन अब्राहमसम्मका फिटनेट प्रशिक्षक हुन् ।
यसरी कम गरेका थिए तौल
–हरेक दिन कार्डियोमा २१ किलोमिटरको व्यायाम
–तौल घटाउँन योग
–तौल प्रशिक्षण भनेको क्यालोरी पगाल्ने हो जसले गर्दा मामंपेशी फिट हुन्छ ।
–शरीरको स्थिरता वृद्धि गर्न स्ट्रेचिङ
–बोसो पगाल्नको लागि हाई इन्टेन्सिटी कार्डियो कसरत
–तौल घटाउनको लागि खाद्य पदार्थ सही समय र सही मात्रामा हुन जरुरी हुन्छ । उनले चिनी नभएको र कार्बोहाइड्रेट जस्ता खाद्यपदार्थमा जोड दिए र फास्ट फुड बन्द गरे ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु