सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा आज बिहान विमान दुर्घटना हुँदा २ जना प्रहरीसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आइतबार बिहान ९:२२ बजेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ‘९-एन एएमएच’ कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएकाे ‘९-एन एएलसी’ कल साइनको मनाङ एयरको हेलिकोप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो।
विमान दुर्घटनामा पर्यटक प्रहरीका रुपमा लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र समिट एयरका सहायक पाइलट काठमाडाैं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा इलाका प्रहरी कार्यालय लुक्ला दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ, समिट एयरका पाइलट काठमाडाैं कालिमाटी बस्ने वर्ष ४९ का रवीनाथ रोकाय, मनाङ एयरको हेलीकोप्टरका क्याप्टेन कास्की रुपाटार-९ घर भई हाल ललितपुर भैंसेपाटी बस्ने वर्ष ४८ का चेतबहादुर गुरुङ गम्भीर घाइते भई उपचारको लागि ग्राण्डी अस्पताल काठमाडाैं पठाइएको थियाे।
उपचारको क्रममा प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको भने मृत्यु भएको तथा सोही दुर्घटनामा मनाङ एयरका स्टेसन म्यानेजर खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ बस्ने वर्ष ४३ का लाक्पा छिरिङ शेर्पा र सोही विमानका कर्मचारी वर्ष ५५ का श्याङबुचे कार्की सामान्य घाइते भई उपचारको लागि काठमाडाैं पठाइएको उक्त कार्यालयले जनाएको छ।
https://www.facebook.com/gandaknews/videos/411322276098810/
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते