कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

kukar

फाेटाे साैजन्य : अर्जुन कुलुङ राई

मोरङ । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो ।

बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयाे । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds