काठमाडौं– नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । जंगी अड्डाले कतिपय अवस्थामा अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको आचारसंहिता जारी गरेको हो । जंगी अड्डाकाअनुसार आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरिसकिएको छ ।
‘संगठनको हरेक तहमा कार्यरत सदस्यलाई आफूले गर्न हुने, गर्न नहुने र गर्नैपर्ने कार्यको बारेमा सूसूचित गराउने वैशाख ६ गते शुक्रबारदेखि १३ गतेसम्म साताव्यापी अभियान पनि सुरु गर्ने जंगीअड्डाको तयारी छ ।आचारसंहितामा सैनिक अधिकारीले गर्नुपर्ने व्यवहार र आचरणबारे व्याख्या गरिएको छ । सामाजिक सञ्जाल प्रयोगको हकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने विषय पोस्ट गर्न वा लाइक, कमेन्ट वा सेयर गर्न नहुने भनिएको छ ।
सेनाको विषयमा आक्षेप लाग्ने विषयमा पनि लाइक, कमेन्ट वा सेयर गर्न पनि निषेध गरिएको छ । सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोस्ट गर्न पनि निषेध गरिएको छ । आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन’ उल्लेख गरिएको छ ।
कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ । अन्य किसिमका उपहार मान्य नहुने उल्लेख भए पनि आचारसंहितामा पोस्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु